बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

बिहिबार, फाल्गुन ३ २०७४

काठमाडौं फागुन, ३–
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै
 देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि  दाबी पेश गरिसकेको छ ।

देउवाले प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा  तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफल रहेको समेत तर्क गरेका छन् । उनले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा सँधै रहिरहने बताए । प्रधानमन्त्री देउवा आफ्नो 
सम्वोधन सकिए लगत्तै  राजीनामा पत्र बुझाउन  राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।