बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने देउवाको तयारी

बुधबार, फाल्गुन २ २०७४

काठमाडौं फागुन, २–
 राष्ट्रको नाममा संवोधन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्दैछन् । स्रोतका अनुसार उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ बसेको केही मन्त्रीहरु र नेताहरुसंगको छलफलपछि देउवाले राष्ट्रकै नाममा संवोधन गरी राजीनामा दिने मनस्थिति बनाएका हुन् । 

देउवाले निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनुअघि नै  राजीनामा गर्ने बुझिएको छ । 

बुधबार नै  देउवाले संवोधन गर्ने तयारी भइरहेको छ । यदि बुधबार संभव नभए बिहिबार संवोधन हुने स्रोत बताउछ । 

 गत जेठमा प्रधानमन्त्री भएका देउवाको यो  चौथो कार्यकाल हो । 
यसपटकको देउवा  कार्यकाल भने र मुलुकका लागि अविश्मरणीय रह्यो । देउवा नेतृत्वको सरकारले नै पहिलो पटक सबै तीन तहको निर्वाचन एक वर्षभित्रै सम्पन्न गरेको छ । यो इतिहास विश्वकै पहिलो हो ।