काठमाडौं फागुन, २–
पूर्व डीआईजी एवम् एमाले सांसद नवराज सिलवाल बिरुद्ध षडयन्त्र गर्न लागेको भन्दै राजधानीमा प्रदर्शन भएको छ । सिलवालका समर्थकहरुले षडयन्त्र नगर्न दबाब दिदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री शेरवहादुर देउवा,महान्यायाधिवक्ता बसन्तराम भण्डारी र आइजिपी प्रकाश अर्यालको नियोजित योजनामा सिलवाल विरुद्ध किर्तेमा मृुद्दा दर्ता गराउन खोजिएको भन्दै प्रदर्शन गरेका हुन् ।
सचेत युवा समूहका नाममा गरिएको प्रदर्शनमा सरकारबाट बाहिरिदै गर्दा हतार हतार सिलवालसँग बदला लिन खोजिएको आरोप सहित प्रदर्शन गरिएको हो । महान्यायाधिवक्ता भण्डारी आफैंले सिलवाल विरुद्ध मुद्दा दर्ता गराउँदैछन् । स्रोतका अनुसार
सरकारी वकिलले मुद्दा दर्ता गर्न नमानेपछि भण्डारीले प्रहरीको रोहबरमा मुद्दाको फाइलमा हस्ताक्षर गरेका छन् । जिल्ला अदालत बाहिर मुद्दा दर्ताअघिनै प्रहरी परिचालन गरिएको छ ।