बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तीनै तहको निर्वाचन सम्पन्न गरेकोमा चीनले नेपाललाई दियो बधाई

मंगलबार, फाल्गुन १ २०७४

काठमाडौं फागुन, १–
चीनले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा  नेपाललाई बधाई दिएको छ ।

 चीनको विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले सोमबार नियमित पत्रकार सम्मेलन आयोजना गरेर उक्त कुरा बताएका हुन् ।  प्रवक्ता सुहाङले भने ‘नेपालले सबै चुनावहरु सफलतापूर्वक सम्पन्न गरेकोमा चीन बधाई ज्ञापन गर्छ ।’

नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताउँदै उनले  ‘नेपालका राजनीतिक दलहरुले मिलेर काम गर्छन् र नयाँ सरकार गठन गर्छन् भन्ने आफूहरुलाई आशा रहेको जनाए ।  प्रवक्ता सुहाङले नेपालमाा अब राजनीतिक स्थायीत्व र आर्थिक विकासको चरण सुरु हुने आशा पनि ब्यक्त गरेका छन् । उनले नेपालमा वाम गठवन्धनले जितेकोमा चीनको प्रतिक्रिया बुझ्न खोज्दा कुनै जवाफ दिएनन् ।