काठमाडौं–
आगामी चैत १६ गते दोस्रो ‘फान अवार्ड –०७३’ आयोजना हुने भएको छ । नेपाल चलचित्र कलाकार संघले आगामी चैत १६ गते दोस्रो ‘फान अवार्ड –०७३’ को आयोजना गर्न लागेको हो । सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त कुराको जानकारी गराईएको हो । कार्यक्रममा संघका अध्यक्ष रामकेशर बोगटीले दोस्रो ‘फान अवार्ड’ को औपचारिक घोषणा गरेका हुन् । ‘कि एडभरटाईजिङ’ एजेन्सीसँगको सहकार्यमा आयोजना गर्न लागिएको उक्त अवार्ड वितरणमा २४ विधालाई समेटिने बताईएको छ । अध्यक्ष बोगटीले अवार्ड वितरणलाई लाई भव्य र सव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रष्ट पारे ।
भव्य रुपमा सम्पन्न गरिने फान अवार्ड’मा उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट छायाँकार, उत्कृष्ट नव(निर्देशक, उत्कृष्ट चरित्र अभिनेता, उत्कृष्ट चरित्र अभिनेत्री, उत्कृष्ट नव(अभिनेत्री, उत्कृष्ट नव(अभिनेता, उत्कृष्ट सह(अभिनेत्री, उत्कृष्ट सह(अभिनेता, उत्कृष्ट खल पात्र, उत्कृष्ट हास्य कलाकार, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको विधा समाबेश गरिएका छन् ।
उक्त अवार्ड वितरण कार्यक्रम काठमाडौंको आर्मी अफिसर्स क्लव भद्रकालीमा आयोजना हुने भएको छ ।
कलाकार संघले दोस्रो ‘फान अवार्ड’ को घोषणा कार्यक्रममा ‘कि एडभरटाईजिङ’ को नवनिर्वाचित कार्यसमितिलाई सम्मान समेत गरेको थियो ।