बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै घरभित्र एक महिला मृत फेला

सोमबार, माघ २९ २०७४

अछाम  माघ, २९–
 अछाममा आफ्नै घरभित्र एक महिला मृत फेला परेकी छिन् । अछामको कमलबजार नगरपालिका–२ मानसैनमा घरभित्रै  ३३ वर्षीया पवित्रा खड्का मृत अवस्थामा  फेला परेकी हुन् ।

अछाम प्रहरीका अनुसार उनको टाउको र शरिरमा चोट लागेको अवस्थामा शव भेटिएकाले   अनुसन्धान जारी छ ।

घटनाको अनुसन्धानका लागि पवित्राका पति ३५ वर्षीय केशर खड्कालाई घरबाटै निन्त्रणमा लिइएको डिएसपी न्यौपानेको भनाइ छ ।

अछाम प्रहरीले पवित्राको आइतबार राति हत्या भएको हुनसक्ने  अनुमान गरेको छ ।