काठमाडौं माघ, २९–
पार्टी एकताका बारेमा नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच ‘वाट टु वान’ वार्ता जारी छ ।
दुई अध्यक्षबीच लालितपुरमा ‘वान टु वान’ भेटवार्ता चलिरहेको एमालेका एक नेताले जानकारी गराए । आजको बैठक पार्टी एकतालाई निश्कर्षमा पुर्याउनेबारेमा केन्द्रीत रहेको बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा केहीदिन अघि देशलाई आवश्यक परे नयाँ फड्को मार्नसक्ने बताएपछि नेपाली राजनीतिमा एक तरंग पैदा भएको थियो ।
चितवनमा बोलिएको सो बिषयपछि एमालेलाई बिषय चाँडो टुङ्याउन दबाब परेको आँकलन गर्न सकिन्छ ।
एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । यही बेला माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्ति आएपछि हलचल मच्चिएको थियो ।
।