बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गीतकार रोजीको एल्बम र पुस्तक एकैसाथ बिमोचन

आइतबार, माघ २८ २०७४

काठमाडौं माघ, २८–
आइतबार काठमाडौंमा गीतकार रोजी लाबुङ राईको पुस्तक र एल्बम एकैसाथ बिमोचन गरिएको छ ।   उक्त बिमोचन कार्यक्रममा वरिष्ठ गीतकार डाक्टर कृष्णहरि बराल प्रमुख आतिथि तथा उन्नती बोहरा ‘शिला’  विशिष्ट आतिथि रहेकी थिईन् ।  उक्त कार्यक्रममा एल्बम्,  ‘रोजाई’, ‘समन्वय’ र पुस्तक ‘सोचाइ’ को एकैपटक बिमोचन गरिएको हो ।  ७ गीत समावेश एल्बम ‘रोजाई’मा माया दिए, ओ परदेशी, भुल गरे, म सधै सधै, अब म मर्छु होला, सुनसान रातको र डन्ट लाइक योर बानी लगायतका गीत समावेश छन् । जसमा  रामकृष्ण ढकाल, मेलिना राई, प्रमोद खरेल, मौनता कमबाङ, साझ सिंह, मिलन अमात्य र राजेशपायल राईको स्वर रहेको छ । जुन एलबममा  बसन्त सापकोटा, डी रातु, नरेश लिङदेन, तारा प्रकाश लिम्बु, महेश खड्का आदिले संगीत भरेका छन् । 

त्यस्तै,  ८ गीत समावेश एल्बम ‘समन्वय’ मा तिमीलाई माया, तिम्रो माया, अलिकति माया, कोही जिउँदै, जलन हुन्छ, सुन्दर फुल, जलन हुन्छ २ र देश प्रेमी लगायतका गीत समावेश छन् ।

आजको  बिमोचन कार्यक्रममा ‘अन्जान थिएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको थियो । जसमा शब्द रोजीको रहेको छ भने यसमा संगीत र स्वर विक्रम राईको रहेको छ ।

 राजिव समरको नृत्य निर्देशन, मिलन शंकरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन रहेको छ । ।   गीतकार रोजी युकेमा बस्दै आएकीमा  एल्बम तथा पुस्तक विमोचनकै लागि मात्रै  नेपाल आइपुगेकी हुन् ।

आजको बिमोचन कार्यक्रममा  संगीतकार तारा प्रकाश लिम्बु तथा गायक बिक्रम राईको पनि सहभागीता रहेको थियो ।