बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश ५ ले पहिलो मुख्यमन्त्री पाउने, आजै मुख्यमन्त्रीको दाबी पेश गर्दै वाम गठबन्धन

आइतबार, माघ २८ २०७४

बुटवल माघ, २८–
एमाले नेता शंकर पोखरेललाई वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री  नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ ।

 बहमुत सांसदको सहमतिसहित एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । आइतबार नै एमाले र माओवादीले  प्रदेश प्रमुखसामू दाबी पेश गर्न लागेको जानकारी गराए । 

 प्रदेश ५ मा एमाले र माओवादीबीच पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो ।   पोखरेल एमाले संसदीय दलका नेता पनि चयन भैसकेका छन् । प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।
प्रदेश ५ मा सकेसम्म आजै र ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ । आइतबार नै प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सचिव शंकर पाठकसहित मुख्यमन्त्रीका उम्मेदवार शंकर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल लगायतले  सपथ ग्रहण स्थान छनोटका लागि अनुगमन समेत गरिसकेका छन् ।