काठमाडौं माघ,२५ –
मानव तस्करको आरोपमा प्रहरीको अनुसन्धान घेरमा परेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेका छन् । नेपाली सिने जगतकै सर्वाधिक चर्चित द्वन्द्व निर्देशक खडगीलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो । निर्देशक खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लैजाने गरेको गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले को टोलीले बिहीवार खड्गीलाई पक्राउ गरेको हो । उनले १५ भन्दा बढी व्यक्तिसँग रकम असुलेर कोरिया पुर्याएको प्रहरीको भनाई छ ।
प्रहरीले खड्गीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्यामसमेत लिएको छ । केही दिन अगाडि खड्गीविरुद्ध मोटो रकम लिएर कोरिया लगि उतै लुकाएको उजुरी परेको थियो ।