बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंमा रमाइलो बाल मेला “बागमती फन कर्निभल” हुँदै

बिहिबार, माघ २५ २०७४

काठमाडौं माघ, २५–
 बालबालिकाहरुको शारीरिक र मानसिक विकासका साथै मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले काठमाडौंमा रमाइलो बाल मेलाको आयोजना हुने भएको छ ।
“बागमती फन कर्निभल” नाम दिइएको सो मेलामा विभिन्न प्रकारका सांगितिक र मनोरन्जनात्मक कार्यक्रम, घोडाचडी, फेस पेन्टिङ लगायतका आकर्षणहरु रहने इभेन्ट व्यवस्थापन कम्पनी फन डेका प्रवन्ध निर्देशक शुभम् अग्रवालले जानकारी दिए । विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्दै इभेन्ट व्यवस्थापन गर्दै आएको फनडेले स्टल व्यवस्थापन तथा निर्माणको समेत कार्य गर्दै आएको छ । इभेन्टको लागि स्टल बुकिङ समेत खुल्ला भइसकेको निर्देशक अग्रवालले जानकारी दिए ।
युवा तथा बालबालिकालाई लक्षित गर्र्दै विभिन्न ईभेन्टहरुको  व्यावस्थापन गर्दै आएको फन डेले पछिल्लो समय पुर्व प्राथमिक तहका बालबालिकाहरुलाई लक्षित गर्दै इभेन्टको आयोजना गरेको हो ।
इभेन्ट काठमाण्डौंको सुकेधारा स्थित बागमती स्कूलमा आयोजना हुने छ । फागुन ७ गते प्रजातन्त्र दिवसको दिन आयोजना हुने छ । इभेन्टको मिडिया व्यवस्थापन नेपाल डिजिटल मिडिया ९एनडिएम० ले गरेको छ ।