बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

व्यवसायी सुमार्गीको रकम नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश

मंगलबार, माघ २३ २०७४

 

काठमाडौं माघ, २३–
सर्वोच्च अदालतले व्यवसायी  अजेयराज सुमार्गीले वैदेशिक लगानीका लागि ल्याउन लागेको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न अन्तरिम आदेश जारी गरेको छ । आइतबार राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम  सर्वोच्च अदालत  गएको थियो ।
मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो  ।
सर्वोच्चले मंगलबार भएको बहसपछि विषयको गाम्भीर्यताका हिसाबले आगामी फागुन २ गते वृहत्तर छलफल गर्ने भन्दै दुबै पक्षलाई  बोलाएको छ । सर्वोच्चको आदेश पछि अधिवक्ता रामनारायण विडारीले सर्वोच्चले उद्योगमा लगाउन विदेशबाट ल्याएको ऋण नरोक्न आदेश जारी गरेको प्रतिक्रिया दिए । साथै,  रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ ।
 युवराज खतिवडा गभर्नर हुँदा  राष्ट्र बैकले  सुमार्गी र उनी संलग्न कम्पनीको नाममा आएको ३ अर्ब बढी रकमको स्रोत खुल्न नसकेको भन्दै रोक्का गरेको थियो ।