बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भ्यालेनटाइन स्पेशल ‘साथी’ लिएर दर्शकमाझ जुनु (भिडियो)

सोमबार, माघ २२ २०७४

काठमाडौं माघ, २२–
गायिका जुनु गौतमले आउदै गरेको प्रेम दिवसलाई लक्षित गरेर एउटा गीतको भिडियो सार्वजनिक गरेकी छिन् । गायिका गौतमको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’भिडियो सार्बजनिक गरिएको हो  । जुनुको गीतको भिडियो ‘साथी’ लाई सेलिब्रटी नेपालले प्रस्तुत गरेको हो ।  उक्त गीतमा आफ्नो प्रेमीको प्रशंशा गर्दै भरपुर मायाँ समेत व्यक्त गरिएको  छ । त्यसैले मायाँसँग सम्बन्धित भएकाले  यो गीतलाई  भ्यालेनटाइन स्पेशल गीतको रुपमा सार्वजनिक गरिएको  गायिका गौतमको भनाई छ  । सुमधुर आबाजमा  जुनुले गाएको यो गीतमा  शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ ।  ड्रोन शट मार्फत सुरेश काफ्लेले खिचेको भिडियोलाइ जे.डी.क्रियसनले निर्माण गरेको  हो ।    ज्ञानेन्द्र शर्माको सम्पादन रहेको भिडियोलाई सुरेश काफ्ले र  बिकाश ज्ञवालीले  छायांकन गरेका हुन्  । सो गीतमा मिलन दाहाल र निशा घिमिरेको फिचरिङ रहेको छ ।