बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पहिलो दिन नै नेप्से निराशाजनक

आइतबार, माघ २१ २०७४

 
काठमाडौ माघ, २१–
नेप्से कारोबार साताको पहिलो  दिन नै निराशाजनक देखिएको छ ।  आईतबार नेप्से एक दशमलव एक अंकले घटेर १४ सय १० दशमलव ५१ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दशमलव १८ अंकले घटेर दुुई सय ९७ दशमलव ९४ अंकमा पुुगेको छ । आज एक सय ६३ कम्पनीहरुको चार हजार सात सय ४५ वटा कारोबारमा ११ लाख ४१ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४६ करोड ६४ लाख ९० हजार सात सय ४८ रुपैयाँ पुुगेको छ । 
सबैगरी आज १० वटा समुहको सुचक घटेर तीन वटाको बढेको छ । वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव चार अंकले बढेर १२ सय २९ दशमलव १२ पुुग्दा २६ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक चार दशमलव ६५ अंकले बढेर १५ सय ८८ दशमलव ७३ अंकमा पुूग्दा एक करोड ६९ लाख ५४ हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसबाहेक अन्य समुहको सुचक पनि आज बढेको छ । ट्रेडिङ समुहको सुचक भने आज शुन्य दशमलव ८४ अंकले घटेर दुुई सय १४ दशमलव ७८ अंकमा पुुगेकोमा १४ लाख ३४ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल समुहको सुचक ३२ दशमलव ८२ अंकले घटेर २१ सय तीन दशमलव ४२ अंकमा कायम रहेकोमा १५ लाख ५० हजार तीन सय ६० रुपैयाँको सेयर किनबेच भएको छ । आज जलबिद्युुत समुहको सुुचक पनि १४ दशमलव ५९ अंकले घटेर १८ सय १७ दशमलव ६८ अंकमा कायम रहेकोमा चार करोड ९४ लाख ५३ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । 
फाईनान्स, बीमा, उत्पादनमुुलक र लघुबित्त समुहको कारोबार सुचक पनि आज घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ साल्ट ट्रेडिङ कर्पोरेसन २८० ५.६६
२ समता माईक्रो फाईनान्स ५९० ४.९८
३ देव बिकास बैंक १८१ ३.४३
४ ग्रिन डेभलपमेन्ट बैक १८५ ३.३५
५ कर्णाली बिकास बैंक १३१ ३.१३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ जानकी फाईनान्स १७३ ६.४८
२ बुटवल पावर कम्पनी ५८० ५.०७
३ युुनाईटेड फाईनान्स २०७ ४.१८
४ नेपाल इन्स्योरेन्स कम्पनी १२९७ ३.९२
५ सप्तकोशी डेभलपमेन्ट बैंक ११७१ ३.२२