बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश २ मा एमालेभित्र दुई गुटको विवाद उत्कर्षमा, प्रदेशसभा बैठकमा दुबै गुटका नेताले बोल्दै

आइतबार, माघ २१ २०७४

जनकपुरधाम माघ, २१–
प्रदेश २ मा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको नेकपा एमालेमा विवाद चर्किएको छ । आइतबार जनकपुरधाममा आयोजना हुने पहिलो प्रदेशसभा बैठकमा एमाले दुई गुटले बेग्लाबेग्लै सम्वोधन गर्ने तयारी गरेका छन् । 

 एमाले प्रदेश सचिवालय स्रोतले प्रदेसभा बैठकमा कसले सम्बोधन गर्ने भन्ने विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षका नेताहरुवीच विवाद नमिलेपछि दुबै गुटका नेताले संसदमा सम्बोधन गर्न लागेका हुन् । 

आइतबार विहान प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्नेबारे छलफल गर्न जनकपुरधाममा  एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सप्तरीका सांसाद एवं पूर्वमन्त्रीसमेत रहेका सत्यनारायण मण्डलले बैठकमा आफूले दलको तर्फबाट बोल्ने दाबी प्रस्तुत गरे । पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल ओली गुटका नेता हुन् । 

तर,धनुषाका सांसदसमेत रहेका अर्का एमाले नेता सत्रुघन महतोले प्रदेशसभा बैठकमा आफूले बोल्ने दाबी प्रस्तुत गरे । महतो माधव नेपाल गुटका नेता हुन् । पार्टीमा उनी पोलिटब्यूरो कमिटीमा रहेका महतो पनि पूवमन्त्री हुन् । 

ओली गुटका मण्डल र माधव नेपाल गुटका महतो दुबैले प्रदेश २ मा संसदीय दलको नेता बन्ने दाबी गर्दै आएका छन् ।

दुबै नेता पछि नहटेपछि एमालेले पाएको १० मिट समयभित्रै पर्ने गरी ५–५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गर्ने निर्णय गरिएको बुझिएको छ ।