काठमाडौ माघ, २१–
नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र ठमेलको सात घुम्तिमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच उक्त एटिएम काउन्टरको समुद्धघाटन गरेका हुन । यो समेत गरी बैंकको कुल एटिएम काउन्टरको संख्या ५० पुगेको छ ।
यो सेवाले ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ । बैंकले यही गएको पुससम्म ४३ करोड ८० लाख ४९ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार रुपियाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।