बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लगानीकर्ताहरु उत्साहित, नेप्सेमा आज पनि देखियो सुधार

बिहिबार, माघ १८ २०७४

 
काठमाडौ माघ, १८–
नेप्से बढ्दा आज लगानीकर्ताहरु उत्साहित भएका छन् । नेप्से सात दशमलव तीन अंकले बढेर १४ सय ११ दशमलव ५२ अंकमा पुुगेको छ भने एक दशमलव पाँच अंकले बढेर दुुई सय ९८ दशमलव १२ बिन्दुुमा पुुगेको छ । आज कुुल एक सय ५७ कम्पनीहरुको चार हजार एक सय ५६ वटा कारोबारमा ११ लाख ५६ हजार तीन सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४१ करोड ७० लाख ९८ हजार  छ सय ४३ रुपैयाँ पुुगेको छ । 
सबैगरी आज १० वटा समुहको कारोबार भएकोमा जलबिद्युुत समुहको सुचक एक दसमलव ४९ अंकले घटेको छ भने बाँकी नौ वटा समुहको सुचक बढेको छ । वाणिज्य बैक समुहको सुचक छ दशमलव तीन अंकले बढेर १२ सय २७ दशमलव आ्ठ अंकमा कायम रहेकोमा २३ करोड ९३ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । ट्रडिङ समुहको सुुचक पनि एक दशमलव ६९ अंकले बढेर दुुई सय १५ दसमलव ६२ अंकमा पुुग्दा ११ लाख तीन हजार दुुई सय ५० रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक पनि पाँच दशमलव ४७ अंकले बढेर २१ सय ३६ दशमलव २४ अंकमा कायम रहेकोमा १६ लाख ३१ हजार एक सय १० रुपैयाँको सेयर किनबेच भएको छ । 
आज बिकास बैक, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहले पनि कमाएका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ प्रोग्रेसिभ फाईनान्स २२० ९.४५
२ रिलायवल माईक्रो फाईनान्स १५६० ५.४८
३ लक्ष्मी बैंक २७९ ४.४९
४ ङादी ग्रुुप पावर कम्पनी २३७ ४.४१
५ एनआईबी समृद्धि फन्ड—१ ११.९७ ४
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ युनाईटेड फाईनान्स २१५ २.२७
२ सिद्धार्थ बैंक ३७० २.११
३ नेपाल इन्स्योरेन्स कम्पनी १३५० १.९६
४ अरुण फाईनान्स १५३ १.९२
५ पोखरा फाईनान्स १६२ १.८१