काठमाडौं माघ, १८–
नेपाली बजारमा सुनको मुल्य आज बढेको छ । आज छापावाला सुन तोलामा ५७ हजार ३ सयमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य ५७ हजार पुगेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिनदेखिनै उकालो लागेको सुनको मुल्यमा हिजो बुधवार १ सय कम भएको थियो । हिजो ५७ हजार २ सय रहेको छापावाला सुनको मुल्यमा आज सय रुपैयाँ बढेको हो । हिजो तेजावी सुन तोलामा ५६ हजार ९ सयमा कारोबार भएको थियो ।
चाँदी भने आज तोलामा ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।