काठमाडौं माघ, १६–
मंगलबार शहीद दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शहीद दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको लैनचौरस्थित शहिद स्मारकमा पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली दिए भने भद्रकालीस्थित शहिदगेटमा पनि योगी नरहरिनाथ आध्यात्मिक परिषदको आयोजनमा शहीदको शालिकमा माल्यार्पण गरियो । यसैगरी देशका बिभिन्न स्थानहरुमा पनि शहीदहरुप्रति श्रद्धाञ्जली दिने कार्यक्रमहरु सम्पन्न भएका छन् । प्रस्तुत तिनै कार्यक्रमहरुमा देखिएका दृष्यहरुको फोटो फिचर ।