बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनसीसी बैंकको ६ महिनाको नाफा ३५ करोड ४५ लाख

मंगलबार, माघ १६ २०७४

काठमाडौ माघ, १६–
नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४१ करोड सात लाख ५२ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुंजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको बैकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ५८ अर्ब ९१ करोड ३५ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४१ करोड ८५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब ४९ करोड ५० लाख ४८ हजार  रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ५८ करोड २४ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम १४ करोड ८२ लाख रुपैयाँ रहेको बैकको राईट व्याक रकम ३४ करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव चार प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब ४६ करोड ८० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ४२ करोड २६ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो  । उक्त अवधिमा एक अर्ब तीन करोड ११ लाख ८४ हजार रुपैयाा खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।