काठमाडौ माघ, १५–
केही दिन अघिसम्म सामान्यरुपमा सुधार आएको नेप्से फेरी पनि घट्न थालेको छ । सोमबार नेप्सेमा सबै सुचकहरु घटेका छन् । नेप्से तीन दशमलव ७२ अंकले घटेर १४ सय दुई दशमलव २३ पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ७४ अंकले घटेर दुुई सय ९६ दसमलव २७ बिन्दुमा झरेको छ । आज कुल एक सय ६० कम्पनीहरुको चार हजार एक सय तीन वटा कारोवारमा सात लाख १५ हजार आठ सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम २८ करोड ५५ लाख ३६ हजार चार सय २४ रुपैयाँ पुगेको छ ।
कुुल नौ वटा समुहको कारोबार भएकोमा ट्रेडिङ तथा जलविद्युत समुहको कारोबार सुचक सामान्य अंकले बढेपनि बाँकी सात वटा समुहको सुचक उच्च अंकले घटेकाछन । वाणिज्य बैक समुहको कारोबार सुचक चार दशमलव चार अंकले घटेर १२ सय १९ दशमलव आठ अंकमा पुगेकोमा १३ करोड दुई लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक शुन्य दशमलव ६५ अंकले घटेर सात हजार एक सय ८० दसमलव १६ अंकमा पुगेकोमा छ करोड २७ लाख १९ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुचक पनि पाँच दशमलव ७१ अंकले घटेर १५ सय ६५ दशमलव ५९ अंकमा पुगेकोमा एक करोड ४७ लाख ८० हजार छ सय रुपैयाँको सेयर किनबेच भएको छ ।
होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि आज उच्च अंकले घटेका छन् । आज कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको बढेको मुल्य
१ सिन्धु बिकास बैंक १५५ ४.०३
२ बिशाल बजार कम्पनी १९४० ४.०२
३ श्री इन्भेष्टमेन्ट फाईनान्स २४८ ३.३३
४ अपी पावर लिमिटेड ३९२ २.६२
५ ग्रिन डेभलपमेन्ट बैंक १७० २.४१
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार भएको मुल्य आजको घटेको मुल्य
१ मल्टीपर्पोस फाईनान्स ३०८ ९.९४
२ खानीखोला हाईड्रो पावर कम्पनी १४३ ३.३७
३ तारागाउँ रेजिडेन्सी होटल ३०५ ३.१७
४ सहयोगी बिकास बैंक २२० ३.०८
५ स्वरोजगार लघुबित्त बैंक १६३० २.९७