बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आफ्नै साथीले गोली हान्दा भैसी व्यापारी घाइते

सोमबार, माघ १५ २०७४

रौतहट माघ, १५–
सोमबार बिहान रौतहटमा गोली चलेको छ । आज बिहान रौतहटको राजपुर नगरपालिकाको बैरियामा गोली लागेर एक जना घाइते भएका हुन् । 

गोली लागेर घाइते हुनेमा बैरिया–९ का ३५ वर्षीय शेष सैफुल्लाह रहेका छन् । प्रहरीका अनुसार  उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको छ । 

गाइभैंसी व्यापारी रहेका सैफुल्लाहलाई उनकै साथी मगनी भन्ने अब्दुल खालिदले गोली हानेको बताईएको छ ।  मगनीले आज बिहान भगवानपुर घाटतिर घुम्न जाउ भनेर बोलाएको र सो स्थानमा पुग्दा गोली हानेर भागेको घाइतेको भनाई छ । 
अहिले उनको  गौर अस्पतालमा उपचार भैरहेको छ । उपचारकै क्रममा उनले भने, ‘हामी दुवै जना व्यापारी हौं । गोली किन हान्यो थाहा भएन ।’

जिल्ला अस्पताल गौरमा गोली निकाल्न सम्भव नभएपछि उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।