काठमाडौं माघ, १५–
बैंकिक कसुरमा फरार एकजना अभियुक्त पक्राउ परेका छन् । काठमाडौंको गागलफेदी–५ घर भइ हाल चितवन बस्दै आएका ३४ वर्षीय विमल खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर गरी फरार रहेको अबस्थामा पक्राउ गरेको हो ।
उनलाई पुनरावेदन अदालत पाटनले २९ बैशाख ०७१ मा ५ करोड ७५ लाख जरिवाना र ३ वर्ष कैद सजाय तोकेको थियो । ०६५ सालमा क्यापिटल मर्चेन्ट फाइनान्सबाट ५ करोड ७५ लाख रुपैयाँ कर्जा निकासा गरी उनी फरार भएका थिए ।
सीआइएबीका अनुसार उनले आफू सञ्चालक भएको सात्विक डेभलोपर्सको नाममा दर्ता भएको जग्गाहरु धितो राखेर कर्जा निकासी गरेका थिए । शनिबार सीआइएबीले उनलाई चितवनबाट पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरेको जनाएको छ । उनलाई अहिले कैद भुक्तानको लागि कारागार कार्यालय, चितवन पठाइएको छ ।