बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सडक दुर्घटनामा परिन ‘सुन साईली’ की मोडल तथा नायिका मेनुका

आइतबार, माघ १४ २०७४

काठमाडौं माघ, १४–
निकै चर्चा कमाउन सफल ‘साईली’ गितमा अभिनय गरेर अत्याधिक चर्चा कमाएकी मेनुका प्रधान दर्घटनामा परेकी छिन् ।  नेपाली सिने क्षेत्रमै अब्बल अभिनय गर्ने नायिकाका रुपमा परिचित नायिका  प्रधान सडक दुर्घटनामा परेकी हुन्  । छिट्टै प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शेरबहादुर ‘ को प्रमोसनमा रहेकी नायिका प्रधान सोही चलचित्रको प्रेसमिटबाट फर्किदै
 गर्दा दुर्घटनामा परेकी हुन् ।  उनको स्कुटीलाई बाईकले ठक्कर दिँदा  दाहिने खुट्टटा भाँचिएको छ ।

उनै नायिका प्रधानको अभिनय रहेको चलचित्र ‘साढे ७’ को पनि केही दिन अघि दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।  यो चलचित्र फागुन ११ मा प्रदर्शनमा आउदैछ । उता चलचित्र ‘शेरबहादुर’ माघ १९ बाट प्रदर्शनमा आउदैछ । नायिका प्रधानको दुर्घटनाले यी चलचित्रको प्रमोशनमा समेत असर पर्ने देखिन्छ ।