१३ माघ, काठमाडौं–खाद्य संस्थानले अनुदानमा बिक्री गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। संस्थानले अनुदानमा बिक्री गर्ने मोटो चामलको जुम्लाका स्थानीयले मदिरा बनाउने गरेका हुन्।
मोटो चामल स्वादिलो नहुने भएकाले स्थानीयले मदिरा बनाउने गरेको धनराज बुढाले बताए। ‘यो चामलको घरेलु मदिरा निकै राम्रो मानिन्छ,’ पातारासी गाउँपालिकाका स्थानीय बुढाले भने। यसरी उत्पादन गरिएको मदिरा प्रतिबोतल सय रुपैयाँमा बिक्री हुने उनले बताए। खानका लागि भने स्थानीयले बजारमा पाइने महँगो चामल किन्ने गरेका छन्।