बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एसइई परीक्षाका सामाग्री धमाधम जिल्ला पठाउदै

शुक्रबार, माघ १२ २०७४

भक्तपुर माघ, १२–
 चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका भटाभट जिल्ला जिल्लामा पठाउन  थालिएको छ । 
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको बताए । 

उनले परिक्षाको तयारी तीव्र पारिएको बताउँदै  प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए ।
केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको जानकारी गराए । 

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।

एसइई परीक्षा साधारण धारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ ।