काठमाडौं माघ, १२–
शुक्रबारदेखि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन गर्न आचारसंहिता लागू गरिएको बताएको छ।
एक सूचना जारी गर्दै निर्वाचन आयोगले नेपाल सरकार र मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, पर्यवेक्षक तथा सरकारी र निजि क्षेत्रका सञ्चारमाध्यमलाई आचारसंहिता लागु हुने प्रष्ट पारेको छ । शुक्रबार आयोगले जिल्ला निर्वाचन अधिकारीहरुलाई राष्ट्रिय सभा चुनावमा भोट हाल्ने तरिका सिकाउन सुरु
गरेको समेत जनाएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता रहेका छन् । यो निर्वाचनबाट ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् ।