बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सहयोगी बिकास बैंकको नाफा चार करोड ३८ लाख

शुक्रबार, माघ १२ २०७४

काठमाडौ माघ, १२–
सहयोगी बिकास बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ३८ लाख ७७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा पाँच करोड ६५ लाख ९५ हजार रुपैयाँ रहेको थियो । 
चुक्ता पुंजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब ४५ करोड ४६ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ८४ करोड ८८ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १४ करोड ८४ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा १० करोड ३७ लाख ८० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको बैकमा निष्क्रिय कर्जाको अनुपात भने दुुई दसमलव ४५ प्रतिशत रहेको छ । 
गत आवको सोही अवधिमा बैैकले तीन अर्ब ३२ करोड १७ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ८३ करोड ९३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।