काठमाडौ माघ, १२–
मितेरी डेभलपमेन्ट बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड १६ लाख ६० हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा पाँच करोड २१ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी ५० करोड रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब चार करोड ११ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ६६ करोड पाँच ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा १३ करोड ५३ लाख ४९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा सात करोड ४० लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव शुन्य आठ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले दुुई अर्ब ३८ करोड ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब १६ करोड ७५ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।