काठमाडौम माघ, १०–
मुक्तिनाथ बिकास बैंकले चालुु आर्थिक बर्षको पुुस मसान्तसम्म २६ करोड ४३ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २२ करोड ३२ लाख २० हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुंजी दुुई अर्ब ५९ करोड १७ लाख ६३ हजार रुपैयाँ रहेको बैकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा २१ अर्ब ७३ करोड ९३ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड ४९ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा एक अर्ब १८ करोड ५४ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ५५ करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम चार करोड २९ लाख ३७ हजार रुपैयाँ रहेको बैकमा शुन्य दशमलव शुन्य एक प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले १४ अर्ब ५८ करोड २१ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब नौ करोड ४० लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।