बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्यो, चन्द्रागिरी जानेको भीड बढ्यो

बुधबार, माघ १० २०७४

काठमाडौं माघ, १०–
राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको छ । बुधबार चन्द्रगिरीमा हिउँ परेपछि केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।

हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।  काठमाडौंमै हिउँमा रमाउन चाहानेहरु अब सजिलै चन्द्रागिरी पुग्न सक्नेछन् । हिउँ परेसँगै चन्द्रगिरीको आसपासको स्थानीय क्षेत्र निकै मनमोहक देखिएको छ ।