बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राइम बैंकको शाखा सुर्खेतको लेकबेशीमा

आइतबार, माघ ७ २०७४

काठमाडौ माघ, ७–
प्राईम कर्मसियल बैंकले सुुर्खेतको लेकबेंशीमा पनि शाखा बिस्तार गरेको छ । बैकले आफ्नो शाखा संजाल बिस्तारको क्रममो सुर्खेतको लेकबेशी नगरपालिका, दशरथपुरमा नयां शाखाको शुभारम्भ गरेको हो । शाखाको समुुद्धघाटन स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका नायव महाप्रवन्धक भाइराजा तुलाधरले गरेका हुन् । 
यो समेत गरी बैंकको कुल शाखा संख्या ५४ वटा पुुगेको छ । आगामी दिनहरुमा पनि बैंकले शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गरेको छ । साथै बैंकले निक्षेप कर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने  जानकारी दिएको छ ।