बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वीरगञ्जमा उपेन्द्र यादवलाई कालो झण्डा देखाईयो, जिल्लामै प्रवेश निषेधको घोषणा

आइतबार, माघ ७ २०७४

काठमाडौं माघ, ७–

वीरगञ्जमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध कालो झण्डा प्रदर्शन गरिएको छ । यादविरुद्ध प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले कालो झण्डा प्रदर्शन गरेको हो । 

 शनिबार बसेको संघर्ष समितिको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

 वीरगञ्ज महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटनका लागि नेता उपेन्द्र यादव वीरगञ्ज आएका हुन् । यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्को बाटो हुँदै नगरसभा स्थल ‘टाउन हल’ पुगेका छन् ।

विरोधमा प्रदर्शन हुने पूर्वसूचना पाएका कारण नेता यादवलाई वीरगञ्जको मुख्य सडकबाट नभई सहायक बाटो हुँदै नगरसभा स्थलमा पुर्‍याइएको हो । यद्यपि, फोरमका नेता कार्यकर्ताले भने यादवको समर्थनमा वीरगञ्जको मुख्य सडकमै मोटरसाईकल र्‍याली निकालेका थिए ।