बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रदेश सांसदको सपथ लगत्तै निर्वाचन आयोगको यस्तो तयारी

आइतबार, माघ ७ २०७४

काठमाडौं माघ, ७– 
निर्वाचन आयोगले आइतबार प्रदेश सदस्यहरुको सपथपछि  राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली प्रकाशित गर्ने तयारी गरेको जनाएको छ । 
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार ५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएर राष्ट्रियसभा सांसद् निर्वाचित गर्ने  उल्लेख रहेको छ  ।  उनिहरुको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जनाले मतदान गर्नेछन् उनीहरुको मतभार १८ हुनेछ । यसरी राष्ट्रिय सभा निर्वाचनका मतदाता दुई हजार ५६ जना हुनेछन् ।
आगामी माघ २४ मा राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाएको छ । 
आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले बताए । 
५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठआठ निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।