काठमाडौं माघ, ४–
बुधबार नियुक्त सातै प्रदेशका प्रमुखहरुको नागरिकता र व्यक्तिगत विवरणको अध्यन्न सुरु भएको छ । राष्ट्रपति कार्यालयले हिजोको मन्त्रिपरिषद् बैठकले चयन चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता र व्यक्तिगत विवरण अध्ययन सुरु गरेको हो ।
आजै अपरान्हसम्म सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखबारेको अध्ययन सकिने राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुका अनुसार सरकारले नियुक्त गरेका व्यक्तित्वहरुको व्यक्तिगत अभिलेख हेर्दा उनीहरु प्रदेश प्रमुख बन्न योग्य भएकाले भोलि अपरान्ह उनीहरुलाई शपथ गराइने सम्भावना रहेको छ। नियुक्तिको अधिकार सरकारलाई भएपनि उनीहरुको नियुक्ति कानूनसम्मत भएनभएकोबारे राष्ट्रपति कार्यालयले अध्ययन गरेको हो ।
बुधबार मन्त्री परिषदको बैठकले प्रदेश–१ मा डा. गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकको थियो ।