काठमाडौ माघ, ४–
मााघ ५ गते आईतबार नेपाल राष्ट्र बैंकले पुुन १० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैकले बैकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता अभाव) को अभाव भएपछि बोलकवोल मार्फत सोझै ऋणपत्र खरिद गर्न लागेको हो ।
ऋणपत्रको बोलकबोल मिति माघ ५ गते अपरान्ह १२ बजे रहेको छ । सोही दिन जारी मिती तोकिएकोमा काउण्टर पार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको सिरिज नं., परिमाण र कति मूल्यमा बिक्री गर्ने हो बिक्री मूल्य उल्लेख गर्नु पर्नेछ । काउण्टर पार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्रको परिमाणको बोल मूल्यमा गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको विकास ऋणपत्र बहु बोलमूल्यमा राष्ट्र बैकले बैंकले खरिद गर्न सक्नेछ ।