काठमाडौं माघ, ३–
भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो।
गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीले भोलिको विदा स्विकृत भएको जानकारी दिए ।
यसअघि तामाङ घेदुङले फागुन ४ गते ल्होसार भएको तर, गलत क्यालेन्डर तयार पारेर माघ ४ मै बिदा दिएको भन्दै आपत्ति जनाउदै आएको छ ।