बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अब रहेनन् एराप्रपा नेता ठाकुर

मंगलबार, माघ २ २०७४

जनकपुरधाम माघ, २–
 एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सल्लाहकार उदयकान्त ठाकुरको आज बिहान जनकपुरधाममा निधन भएको छ ।  केही महिनादेखि बिरामी रहेका ७६ वर्षीय ठाकुरको आज बिहान ६ः३० बजे जनकपुरधामको देवीचोकस्थित आफ्नै निवासमा निधन भएको हो । 

उनी पञ्चायतकालमा जनकपुर नगरपालिकाको उपप्रमुखसमेत भएका थिए । भाषणकला सन्दर्भमा जनकपुर क्षेत्रमा उनी चर्चित थिए । उनको श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।  परिवारका अनुसार उनको आजै जनकपुरको स्वर्गद्वारमा अन्तिम संस्कार गरिनेछ । रासस