बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजबाट एनआईसी एयिशाको एक अर्बको म्युचअल फण्ड

मंगलबार, माघ २ २०७४

काठमाडौ माघ, २–
एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलको एक अर्ब रुपैयाँको म्युुचअल फण्डको बिक्री खुुल्ला भएको छ । कम्पनीले  मंंगलबारबाट प्रतिईकाई १० रुपैयाँ अंकित मुल्य कायम रहने गरी १० करोड म्युुचअल फण्ड बिक्री खुल्ला गरेको हो । 
कोष प्रर्वधक एनआईसी एशिया बैंक र योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको एनआईसी एशिया बैंक म्युुचअल फण्ड अन्र्तगत सञ्चालित हुुनेगरी बैंकले एनआईसी ग्रोथ फण्डको बिक्री खुल्ला गरेको हो । बिक्री गरिने कुुल ईकाई मध्ये १५ प्रतिशत अर्थात एक करोड ५० लाख ईकाई कोष प्रर्वधक एनआईसी एशिया बैंकको लागि र बाँकी आठ करोड ५० लाख ईकाई सर्वसाधारणमा बिक्री हुुने छ । फण्डको बिक्री कार्य छिटोमा माघ आठ गते र ढिलोमा माघ २१ गते बन्द हुुने छ । सर्वसाधारणले न्युुनतम एक सय देखि २० लाख युनिट ईकाईसम्मको फण्ड खरिद गर्न सक्नेछन् ।