बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गर्जिए सुमार्गीः ‘सिरोहिया ब्ल्याकमेलर हुन्’

सोमबार, माघ १ २०७४

काठमाडौं माघ, १
नेपालका चर्चित व्यवसायी तथा मुक्तिश्री प्रा.लिका अध्यक्ष अजेय सुमार्गीले कान्तिपुर ग्रुपका मालिक कैलाश सिरोहियालाई ब्ल्याकमेलरको संज्ञा दिएका छन् । सोमबार काठमाडौमा मुक्तिश्री प्रां लिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी सुमार्गीले सिरोहीयालाई अपराधी भएको समेत आरोप लगाए । केही समयदेखि व्यवसायी सुमार्गी तथा सिरोहियाकोबीचमा भएको द्वन्द उत्कर्षमा पुगेकाबेला कान्तिपुर ग्रुपका विभिन्न माध्याबाट सुमार्गीको आवद्धता रहेको मुत्तिश्री प्रा.लिको आयश्रोतमाथि कान्तिपुरले भ्रामक समाचार प्रसारण तथा प्रकाशन गर्न थालेपछि वास्तविक कुरा प्रष्ट पार्न पत्रकार सम्मेलको आयोजना गरेको व्यवसायी सुमार्गीले बताए । पत्रकार सम्मेलनका क्रममा कान्तिपुरका मालिक सिरोहियाप्रति व्यवसायी सुमार्गी निकै कडा तथा आक्रामक रुपमा प्रस्तुत भएका थिए । पत्रकार सम्मेलनको सुरुवातमै कान्तिपुर तथा विभिन्न अन्य पत्रिकाले करिब ४ बर्ष पहिले सुमार्गीले लगानि भित्राउनु अघि गरेको पत्रकार   सम्मेलनको कभरेजका समाचार तथा पछिल्लो समय कान्तिपुरले सुमार्गीकाबिरुद्ध लेखेका समाचारलाई सलाइडमा देखाईएको थियो । पछिल्लो चरणमा सुमार्गी र  सिरोहियाको विवादको मुख्य जरो सिरोहियाले सुमार्गीलाई बेचेको जग्गानै देखिएको छ । सुमार्गीले आफूलाई आफ्ठेरो पर्दा सिरोहियाले बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता माग्नु सिरोहियाको बेईमानी भएको बताए । उनले सिरोहियाले आफूलाई २०७१ सालको असोज २६ गतेको नेपालबाट लखेट्न सुरु गरेको जानकारी गराए । उनले त्यतिबेला सिरोहिया सुध्रेलान भनेर आफूले धेरै कुरेको तर, सिरोहिया नसुध्रेकाले आज आफू यो कार्यक्रम गर्न बाध्य भएको बताए । उनले भने, मैले त्यतिबेला सिरोहियालाई आपत्ति जनाएपछि एकजना कान्तिपुरमा फायरसाइड चलाउने पत्रकारलाई  माफि माग्न पठाएका थिए । पछिल्लो समय व्यवसायी सुमार्गीको बिदेशमा रहेको पैसाकोबारेमा कान्तिपुरले निरन्तर प्रहार गर्नथालेपछि सुमार्गीले जिउधनको सुरक्षा माग गर्दै सिरोहियाबिरुद्ध जिल्ला प्रशासनमा उजुरी समेत दिएका थिए । उनले सिरोहियाबिरुद्ध अदालतमा मानहानीको मुद्दा  दर्ता गर्दै २५करोड रुपैयाको क्षतिपुर्ति समेत दाबी गरेका छन् । उनले कान्तिपुरले भनेको सबै मान्नुपर्ने किन भनेर समेत  प्रश्न गरेका छन् । मैले आर्थिक रुपमा कुनै गल्ति गरेको छु भने राज्यले छानविन गर्नुपर्छ, राज्यले गर्ने छाविनको कसीमा उभिन आफू तयार रहेको सुमार्गीले प्रष्ट पारे । सुमार्गीले कान्तिपुरसँग जोडेर गोल्डेन शेयरकाबारेमा समेत चर्चा गरेका छन् । उनले भने, गोल्डेन शेयर त्यस्तो सुनौलो शेयर हो, कुनैपनि ठुलो व्यवसाय सञ्चालन  गर्दा मिडिया प्रोटेक्सनका लागि कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानावापत दिनुपर्छ । उनले कान्तिपुरप्रति अत्यन्तै आत्रामक हुदै भने अबको ५० बर्षपछि हाम्रा पुस्ताले पत्रकारिताको इतिहाँसमा ब्ल्याकमेलिङ प्रकरण भनेर पढ्ने पक्का छ । यो प्रकरण ५० बर्षपछि पनि कान्तिपुरका लागि कालो धब्बा हुने निश्चत रहेको उनको भनाई छ । आजको पत्रकार सम्मेलनमा चार बर्ष पहिलेको पत्रकार सम्मेलनमा आफूले २३ अर्ब लगानि भित्राएर १० औ हजारलाई रोजगारी दिलाउने आफूले सपना देखेको तर, आज कान्तिपुरको क्रियाकलापले अझै हजारौ युवालाई बदेशिन बाध्य पार्ने हर्कत देख्दा आफूलाई मात्र होईन नेपाल आमालाई समेत रुन मन लागेको उनले बताए । विज्ञप्ति पढिसकेपछि पत्रकारको प्रश्न सोध्ने सेसनमा पत्रकारका प्रश्न सुनेर आफूलाई आश्चर्य  लागेको सुमार्गीले बताए । कहिले आक्रामक तथा कहिले भाबुक बन्ने गरेका समार्गीले आफूलाई आक्रामक हुनबाट जोगाउन निकै प्रयास गरेका थिए । उनले ।पत्रकारले सोधेका प्रश्नलाई आफूले निकै हल्का र अनाबश्यक भनेर संज्ञा दिए । उनले भने या त तपाईहरुले कुरै नबुझेर मलाई प्रश्न सोध्न सक्नभएन या धेरै बुझ्नुभयो भनेर व्यंग्य गरे  । उनले राजका आफन्तहरुसँगको व्यापारको सम्बन्धबाट आफू अहिलेसम्मको अबस्थामा आउन निकै मिहिनेत गरेको जनाए । आफूलाई डेरामा बस्ने मानिसले यति धेरै कहाँबाट कमायो भनेर प्रश्न गर्ने सिरोहियाले सबै डेरामा बसेर उन्नती गर्ने नेपालीहरुको अपमान गरेको प्रष्ट पारे । पत्रकारले सुमार्गीको पैसा कसरी नेपाल ल्याउने भनेर प्रश्न सोध्ने आशा गरेकोमा एउटा पनि काम लाग्ने प्रश्न नगरेको भनेर दुःख व्यक्त गरे । एकबर्षमा दुःख गरेर ३ अर्ब रुपैया नेपालमा भित्राउन सफल भए तर, तपाईहरुले मलाई साथ दिनुहुन्छ भन्ने आशा थियो त्यो गर्नुभएन दुःःख लागेको छ । कान्तिपुरले जहिले  पनि मालाई लखेट्यो भ्रामक समाचार मात्र लेख्यो । म बिदेश जाँदा समाचार लख्यो तर, दुई दिन पछि फर्कदा किन लेखेन रु समार्गीले प्रश्न गरे । उनले भने, म त व्यवसाय गर्छु कामका लागि बिदेश जान्छु तर, सिरोहिया त ब्याकमेलिङ र लेनदेनमा लाग्ने मानिस के बिदेश जान सक्थ्यो र रु त्यतिबेला उ कसको समाचार लेखेर नगद बार्गेनिङ गर्दै थियो । उनले  भने सुमार्गीले गरेका अपराधका चाङ छन् मसँग । अब मैले सिरोहियाकाविरुद्ध पयो खोल्दैछु । अब पाठकलाई भ्रम छर्ने कान्तिपुर सबैले बहिष्कार गर्नुपर्ने तथा अन्त्यमा कान्तिपुरनै बन्द गर्नुपर्ने उनको भनाई छ । आफूले सोंचे जस्तो सम्मेलन नभएकाले अर्को पत्रकार सम्मेलन चाँडै गर्ने उनले प्रष्ट पारे ।