प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन ।
प्रधानमन्त्रीको ढिलासुस्तीप्रति पार्टीकै नेताहरुसमेत असन्तुष्ट बनेको भन्दै कान्तिपुरले लेखेको छ– माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले प्रस्ताव एकाएक रोकेका हुन् ।’
समाचार अनुसार प्रधानमन्त्रीले दलीय सहमतिमा प्रदेश प्रमुख तोक्न चाहेका थिए । तर माओवादी मन्त्रीहरुले उल्टै राजीनामा दिएपछि प्रधानमन्त्री झस्किएका हुन् ।
राजधानी दैनिकले पनि यो विषयलाई समाचार बनाएर छापेको छ । राजधानीका अनुसार प्रधानमन्त्रीले प्रदेश प्रमुख नियुक्तिमा तदारुकता नदेखाउँदा कतिपय मन्त्रीसमेत असन्तुष्ट बन्न पुगेका छन् ।
राजधानीले लेखेको छ– सरकारका एक मन्त्रीले प्रमुख र मुकाम तोक्ने विषयमा प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नगरेको र प्रधानमन्त्रीकै तहबाट अघि बढिरहे पनि ढिलाइप्रति असन्तुष्टि जनाए ।