बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघबाट धुलो उपहार पाईन काठमाडौं महानगरकी उपमेयरले

शुक्रबार, पुष २८ २०७४

काठमाडौं पुस, २८–
काठमाडौं महानगरपालिकाका उपमेयरलाई नेपाल विद्यार्थी संघले धुलो उपहार दिएको छ । 

त्यसअघि नेविसंघले  धुलो नियन्त्रणको माग गर्दै बागदरवारस्थित महानगरको मूलगेटमा एक घन्टा धर्ना दिएको थियो । नेविसंघले  काठमाडौं जिल्ला समितिको आह्वानमा प्रदर्शन गरेको जनाएको छ ।  त्यस्तै, नेविसंघले  दोहोरो कर अन्त्य गर्न पनि माग गरेको छ । 

धर्नापछि मेयर विद्यासुन्दर शाक्यलाई धुलो बुझाउन गए पनि  उनी बाहिर भएकाले उपमेयरलाई बुझाइएको काठमाडौं अध्यक्ष मनोज बैद्यले जानकारी दिए ।