काठमाडौं पुस, २८–
शुक्रबार माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउावसमक्ष राजीनामा बुझाएका हुन् ।
माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका विनाविभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर रहेकाले मन्त्री आफ्नो नेतृत्वमा राजीनामा बुझाएका मन्त्री गिरिराजमणि पोख्रेललले जनाए ।
मन्त्री पोख्रेलले पार्टीको निर्णय अनुसार आफुहरुले राजीनामा दिएको भन्दै अध्यक्ष प्रचण्डले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाएको बताए । मन्त्री पोख्रेलले भने, ‘आफुलाई विनाविभागीय घोषणा भएयताको पारिश्रमिक पनि नलिने घोषणा गरेको बताए ।’
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए । माओवादी मन्त्रीहरु सरकारमा सहभागी हुदा हुदै प्रतिपक्ष एमालेसँग चुनावी तालमेल गर्ने माओवादीले निर्णय गरेसँगै
प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।