बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रिहा भएको भोलिपल्ट डा. केसीले निकाले यस्तो विज्ञप्ति, के भने प्रधानन्यायाधीश पराजुलीलाई ?

बिहिबार, पुष २७ २०७४

काठमाडौं पुस, २७–
डा. गाविन्द केसीले प्रधानन्यायाधीश पदमा बसेपछि उनको छानविन प्रभावित हुने भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अदालतको आदेशले रिहा भएको भेलिपल्ट विज्ञप्ति निकालेर डा. केसीले उक्त कुरा बताएका हुन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानविनको दायरामा ल्याएकोमा प्रशंसा समेत गरेका छन् । साथै छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गरेका छन् । आधारभुत योग्यता र नैतिकतामाथि गम्भीर प्रश्न उठेको र छानविन न्यायिक प्रक्रियामा प्रवेश गरेको अवस्थामा पुराजलीले सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको भन्दै उनले भनेका छन्, ‘निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ ।’
 
आमरण अनसनरत केसीले सर्वोच्चको पछिल्लो आदेशले प्रधानन्यायाधीशको राजीनामाको मागलाई पुष्टि गरेको बताएका छन् । आफ्ना माग पुरा नभएकाले अन्य माग पुरा नभएकाले आमरण अनसन जारी राखेको समेत उनले जनाएका छन् ।