बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निरन्तरको शीतलहरले कठ्यांग्रिएर बारमा २ तथा पर्सामा ४ जनाको मृत्यु

बिहिबार, पुष २७ २०७४

बारा पुस, २७–
अत्याधिक चिसो बढेपछि बारा २ र पर्सामा ४ जनाको मृत्यु भएको छ ।
निरन्तरको शीतलहरपछि बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ्यांग्रिएर दुईजनाको ज्यान गएको छ  । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका हुन् ।

यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ्यांग्रिएर मृृत्यु भएको थियो ।

त्यस्तै, बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ । सोमबार सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि  चिसोले मृत्यु भएको उनका आफन्तले जनाएका छन् ।