काठमाडौ पुुस, २६–
श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । हाल कायम रहेको चुक्ता पुंजी ३४ करोड ५४ लाख ४८ हजार आठ सय ७० रुपैयाँ मध्येबाट फाईनान्सले १० बराबर आठ दशमलव तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २८ लाख ६७ हजार दुुई सय २५ दशमलव ६२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत यही माघ १५ गतेबाट खुुल्ला हुने हकप्रद सेयरको बिक्री कार्य फागुुन २० गतेसम्म जारी रहने छ । अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ६३ करोड २९ लाख ७१ हजार चार सय ३२ रुपैयाँ रहेको फाईनान्सको हकप्रद सेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ६३ करोड २१ लाख ७१ हजार चार सय रुपैयाँ पुुग्ने छ ।