बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिटिजन्स बैंकको बैंकिङ सेवा स्तरोन्ती

मंगलबार, पुष २५ २०७४

काठमाडौ पुस, २५– 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गरी, नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा सिटिजन्स स्र्माट बैैकिङको सुरुवात गरेको छ । यो नयाँप्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जिपिआरएस तथा वाईफाई प्रयोग गरेर समेत कारोबार गर्न सकिने छ । 
मोबाइल बैंकिङ सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको रकम भुक्तानी गर्न, यस बैंक  भित्रको खाताबाट यसै बैंकको अर्को खातामा अथावा कुनै अर्को बैंकको खातामा ९४० वटा विभिन्न बैंक,बिकास बैंक तथा वित्त कम्पनी रकम ट्रान्सफर गर्न,स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिने छ । हाल एन्ड्रोईड मोबाइल प्रयोगकर्ताको लागि प्ले स्टोरमा सिटिजन्स स्मार्ट बैकिङ एप उपलब्ध रहेको छ भने आईफोनको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुुने बैंकले जानकारी दिएको छ ।