बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से सुधारोन्मुख, १२ अंकको बृद्धि, होटल बाहेक सबैले कमाए

सोमबार, पुष २४ २०७४

 
काठमाडौं पुस, २४–
 सोमबार नेप्से १२ अंकले बढेर १४ सय ४३ दशमलव ८० अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दशमलव ७९ अंकले बढेर तीन सय चार दशमलव १८ अंकमा पुुगेको छ । कुुल एक सय ५७ कम्पनीहरुको चार हजार चार सय ५४ वटा कारोवारमा आठ लाख ५५ हजार एक सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ४६ करोड ४६ लाख ३९ हजार आठ सय २० रुपैयाँ पुुगेको छ । 
सबैगरी कुुल १० वटा समुहको कारोबार भएकोमा होटल समुहको सुचक घटेर बाँकी नौ वटा समुहको सुचक बढेको छ । बीमा समुहको सुचक एक सय २२ दशमलव १६ अंकले बढेर सात हजार पाँच सय ९३ दशमलव १७ बिन्दुुमा चढेकोमा १४ करोड ८४ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । वाण्ज्यि बैंक समुुहको सुचक नौ दशमलव पाँच अंकले बढेर १२ सय ४२ दशमलव ८१ बिन्दुुमा चढेकोमा १७ करोड ५९ लाख ३१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैंक समुहको सुचक पनि आज छ दशमलव ६२ अंकले बढेर १६ सय ११ दशमलव ९३ बिन्दुुमा चढेकोमा ९१ लाख ६८ हजार चार सय ८० रुपैयाँको सेयर किनबेच भएको छ । 
ट्रेडिङ, जलबिद्युुत, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि आज उच्च अंकले बढेका छन् । आज कमाउने कमाउने र गुमाउने कम्पनीहरु यस्ता रहेका छन् । 
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य 
१ मल्टीपर्पोस फाईनान्स ३७३ ९.०६
२ एशियन लाईफ इन्स्योरेन्स १४५० ५.४५
३ सहयोगी बिकास बैंक २४५ ५.१५
४ सेन्ट्रल फाईनान्स १४२ ४.४१
५ नेपाल हाईड्रो डेभलपर कम्पनी २२९ ४.०९
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य 
१ एनआईबिएल प्रगती फण्ड ९.४५ ५.५
२ फष्र्ट माईक्रो फाईनान्स (संस्थापक) ३८० ५.२३
३ श्री इन्भेष्टमेन्ट फाईनान्स ३७८ ४.७८
४ मिलिथला लघुबित्त बिकास बैंक ११४७ ३.६१
५ गुुडविल फाईनान्स १४६ ३.३३