काठमाडौं पुस, २४–
आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बस्नेबारे अन्योल बढेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने चर्चा गरिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अनिश्चत बन्न पुगेको हो ।
आज बस्ने भनिएको बैठक १२ बजेसम्म नवोलाइएकाले सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराए । उनले भने, ‘अहिलेसम्म बैठक बोलाइएको छैन, सायद आज बस्दैन होला ।’
सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न यसिअघि दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ । प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो । सरकारको पछिल्लो तयारीका बारेमा एमालेले भने असन्तुष्टि जनाउदै आएको छ । उसले सरकारलाई प्रदेश प्रमुख तोक्ने हो भने प्रदेशको अस्थायी राजधानी पनि तोक होईन भने दुबै नतोक्न आग्रह गरिसकेको छ ।