झापा पुस, २४–
झापामा हिरासतभित्रै एक अभियुक्तले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् ।
अभियुक्त यादवले कार्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ ।
१८ दिनदेखि प्रहरी हिरासतमा रहेका यादवले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।